माओवादीलाई ओलीको व्यङ्‍य : २०८४ मा ४/५ लाख जति मत ल्याएर राष्ट्रिय पार्टीमा अडिएला कि !

माओवादीलाई ओलीको व्यङ्‍य : २०८४ मा ४/५ लाख जति मत ल्याएर राष्ट्रिय पार्टीमा अडिएला कि !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा निरन्तर रहेको बताएका छन्। काठमाडौंमा आयोजित नेकपा (एमाले) को जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ओलीले अन्नपूर्ण पोस्ट्मा शुक्रबारको छापिएको समाचारलाई लिएर आगामी निर्वाचनमा माओवादीको ४/५ लाख मत आउने आँकलन गरेका हुन्। 

 
उनले माओवादी ८४ को निर्वाचनमा राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्दै व्यङ्ग्य गरेका छन्। ‘मैले एउटा स्थापित दैनिक पत्रिकामा देखेको थिएँ हिजो मात्रै होला। माओवादीको १९ लाख कति भोट कहाँ गयो ? भन्ने गम्भीर प्रश्न, विश्लेषण गरेको देखेको थिएँ। एउटा चुनावमा ३१ लाख भोट आउँछ, अर्को चुनावमा पुग्दा त्यस्तै १८ लाख जति ,अर्को चुनावमा पुग्दा १३ लाख जति, अर्को चुनावमा पुग्दा ११ लाख जति, अब अर्को चुनावमा पुग्दाखेरी ४/५ लाख जति आउँला कि ? राष्ट्रिय पार्टीसम्ममा अडिएला कि ?’

अन्नपूर्णले पछिल्ला दुई निर्वाचनमा अरू दलसँग गठबन्धन गरेर तेस्रो स्थानमा पुगेको माओवादीका लागि अबका दिन पनि निकै कठिन देखिएको समाचारमा उल्लेख गरेको थियो। कांग्रेस र एमालेले अब कसैसँग चुनावी गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्ने निर्णय गरिसकेकाले एक्लै चुनाव लड्दा माओवादीको आकार झनै खुम्चिने भन्दै माओवादीका नेता चिन्तित देखिएका छन्। 

कांग्रेस, एमाले एक्लाएक्लै चुनाव लड्ने, माओवादी झनै अप्ठ्यारोमा

०६३ मा १० वर्षे सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रियामा आउँदा मुलुकमा माओवादीको रापताप थियो। त्यसैकारण ०६४ को पहिलो संविधानसभामा माओवादी देशको ठूलो दल बन्यो। अहिले बिस्तारै त्यो शक्ति क्षिण हुँदै गएको छ। झन्डै चार दशकदेखि प्रचण्ड पार्टीको नेतृत्वमा छन्। यसले नेता तथा कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि पैदा गरेको छ। गुट, फुट, स्वार्थ र असन्तुष्टिले पार्टीभित्र असन्तोष भुसको आगो जस्तै फैलिँदै छ। प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने भन्दै पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)ले फरक मत राखी सकेका छन्। तर, नेतृत्व पंक्ति त्यसप्रति खासै चिन्तित नरहेको भन्दै माओवादी नेताहरूको आक्रोश छ। पार्टी सकिँदा नेता कार्यकर्ताहरूमा राजनीतिक जीवन पनि सक्किने भन्दै पार्टीभित्र चिन्ता भइरहेको छ।null

८४ निर्णायक बिन्दु हो

एमाले अध्यक्ष ओलीले राष्ट्रिय र निर्णायक शक्ति निर्माणका लागि अहिलेबाट नै खट्न एमालेका नेता कार्यकर्तालाई निर्देशन दिए। उनले मिसन ८४ एमालेका लागि निर्णायक बिन्दु तय हुने बताए। उनले भने,‘८४ यस्तो निर्णायक बिन्दु हो, कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ।’

मिसन ८४ सफल पार्न र एकल बहुमत ल्याउन सक्ने आधार एमालेसँग भएको उल्लेख गरे।  प्रधानमन्त्री ओलीले जनतामा विश्वास जगाउनुपर्ने धारणा राखे। उनले कहिले पनि ढुक्कको स्थितिमा नभएकाले हामीले शक्ति सन्तुलनको अवस्था हेर्नुपर्ने बताए। ‘हामीले विकराल परिस्थिति हामीले पास गरेर आयौँ भने अब ढुक्क छौँ भन्ने होइन। हामी कहिले पनि ढुक्कको स्थितिमा रहने होइन। हामीले शक्ति सन्तुलनको अवस्था हेर्नुपर्दछ, त्यो अहिले पनि हाम्रो अनुकूल छैन।’ अध्यक्ष ओलीले भने,‘हामीले भनेका छौँ, हामी राष्ट्रिय शक्ति त हौँ तर निर्णायक रूपमा राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकेका छैनौँ। त्यो तथ्यलाई बुझ्दै निर्णायक राष्ट्रिय शक्तिको रूपमा बुझ्न हामी अगाडि बढ्नुपर्छ।’ 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.