सरकारी निकायमा कहाँ फाइल अड्किएको छ भन्ने ट्रयाकिङ गर्न प्रविधि बनाएका छौं : प्रधानमन्त्री

सरकारी निकायमा कहाँ फाइल अड्किएको छ भन्ने ट्रयाकिङ गर्न प्रविधि बनाएका छौं : प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायमा हुनुपर्ने कामको फाइल नरोकिने बताएका छन्। काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्दै उनले कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङका लागि प्रविधि बनाइसकेको बताएका हुन्। 

‘सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङका लागि हामीले प्रविधि बनाइसकेका छौँ ।’, प्रधानन्त्री ओलीले भने, ‘तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।’

प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढंगले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे । उनले भने, ‘तपाईं व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ । काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाए । बुढानीलकण्ठमा साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित एक सय दुई शैय्यायुक्त होटलको आज उद्घाटन भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.