वीरगन्जमा ६ सय ५० जनाले गरे रक्तदान

वीरगन्जमा ६ सय ५० जनाले गरे रक्तदान

वीरगन्ज : तेरापंथ युवक परिषदले पर्सा र बारामा एकैसाथ सञ्चालन गरिरहेको बृहत् रक्तदान शिविरमा ६ सय ५० पिन्ट(पोका) रगत संकलन भएको छ। भदौ २५ देखि सुरु रक्तदान शिविरमा शनिबारसम्म ६ सय ५० जनाले रगत दान गरेका हुन्। 

शनिबार वीरगन्जमा आयोजित रक्तदान शिविरमा २ सय ११ जनाले रगतदान गरेका छन्। वीरगन्ज–१० आदर्शनगरस्थित जैन भवनमा शनिबार भएको रक्तदान शिविरमा महिला र पुरुष गरी २ सय ११ जनाले रगत दान गरेका परिषदका अध्यक्ष लोकेश जैनले जानकारी दिए। 

यसअघि शुक्रबार वीरगन्जको ड्राइपोर्टमा आयोजित रक्तदान शिविरमा ३५ जनाले, बिहिबार बाराको सिमरास्थित किरण आँखा अस्पतालमा २५ जनाले र नन्दन घ्यू उद्योगमा १ सय ११ जनाले, बुधबार सिमराको हुलास स्टिल उद्योगमा १ सय ३० जनाले र वीरगन्जको बेलवास्थित हिप्पो स्टिल उद्योगमा ३१ जनाले रक्तदान गरेको अध्यक्ष जैनले जानकारी दिए। शिविरको पहिलो दिन मंगलबार एमबी दुगड ग्रुपमा आयोजित शिविरमा भने १ सय ७ जनाले रक्तदान गरेका थिए। 

आइतबार बाराको नितनपुरस्थित त्रिवेणी ग्रुपमा रक्तदान शिविर आयोजना गरिने जानकारी अध्यक्ष जैनले दिए। पर्सा र बाराका विभिन्न औद्योगिक प्रतिष्ठान र अस्पतालमा असोज ४ गतेसम्म रक्तदान शिविर आयोजना गरिने उनले बताए। भदौ २५ देखि सुरु भएर असोज ४ गते सकिने बृहत् रक्तदान शिविरमा कूल १ हजार ५ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको उनले सुनाए। संकलित रगत वीरगन्जस्थित नेपाल रेडक्रस सोसाइटी पर्साको रक्त सञ्चार केन्द्रमा जम्मा गरिने छ।

परिषदले यसअघि २०७९ सालमा पनि वीरगन्जमा आयोजना गरेको एकदिने रक्तदान कार्यक्रममा ४ सय २३ युनिट रगत संकलन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.