मुख्यमन्त्री पदबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

मुख्यमन्त्री पदबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
फाइल तस्बिर।
सुन्नुहोस्

नयाँ दिल्ली : अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

 
उनले भने, 'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।'

आफ्नो भाषणको सुरुमा उनले आफू जेलमा हुँदा आफ्नो लागि प्रार्थना गर्ने लाखौं मानिसहरूलाई धन्यवाद दिएका छन्। आफूले जेलमा रामायण, महाभारत र गीता पढ्ने धेरै समय पाएको र भगत सिंहको जेल डायरी पनि पढेको बताए।

लेफ्टिनेन्ट गभर्नरलाई आरोप लगाउँदै उनले भने, ' म जेलमा छु, मेरो ठाउँमा अतिशीजीलाई झण्डा फहराउन दिइयोस् भनेर मैले एलजीलाई पत्र लेखेको थिएँ। मलाई बदला लिने धम्की दिइयो। फेरि चिठ्ठी लेखे मलाई परिवारसँग भेट्न नदिइने  भनियो।

केन्द्र सरकारलाई आरोप लगाउँदै अरविन्द केजरीवाललाई जेल पठाउनुको उद्देश्य आम आदमी पार्टीलाई भत्काउने र अरविन्द केजरीवाललाई डर देखाउनु भएको बताए । तर जेलका दिनहरूले आफ्नो साहस बढाएको उनको भनाइ छ।

उनले भने, ‘मैले देशको लोकतन्त्र बलियो बनाउन चाहन्छु भन्दै जेलबाट राजीनामा दिइनँ, जेलबाट पनि सरकार चलाउन सकिन्छ भन्ने प्रमाणित गरेको छु ।' बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.