संसद बैठकका लागि सभामुखले पहल नै गर्नुभएन : लेखनाथ दाहाल

संसद बैठकका लागि सभामुखले पहल नै गर्नुभएन : लेखनाथ दाहाल
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुखको पहलको अभावका कारण संसद बैठक बस्न नसकेको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले सभामुखले आइतबारका लागि निर्धारित समयमा बैठक नै नबोलाएको समेत बताए।

माओवादी सशस्त्र द्वन्द्वको अपमान हुनेगरी राखेको अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने माग स्पष्ट रहेको भन्दै उनले संसद चलाउने काम सभामुखको भएको तर्क गरे। दाहालले कांग्रेस-एमालेबीच सात बुँदे सहमति भएपछि मुलुकको परिवर्तनकारी शक्तिहरूलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताए।

दाहालले एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी प्रकरणको प्रारम्भिक छानबिनका क्रममा संग्लग्नता देखिएको दाबीसमेत गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.