झापामा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
![झापामा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/corent-_20200421050829_LB9Zz2FzVu_iAWXnYUDg9.jpg)
झापा : झापाको गौरीगञ्जमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ का ३३ वर्षीय महेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भइ करेन्ट लाग्दा घाइते भएका थिए । घाइते राजवंशीलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)