ट्रम्पमाथि आक्रमण प्रयास गर्ने व्यक्ति घटनास्थल नजिकै १२ घण्टाअघि लुकेर बसेका थिए

ट्रम्पमाथि आक्रमण प्रयास गर्ने व्यक्ति घटनास्थल नजिकै १२ घण्टाअघि लुकेर बसेका थिए
सांकेतिक तस्बिर।
सुन्नुहोस्

पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास गर्ने व्यक्ति घटनास्थल नजिकै १२ घण्टाअघि लुकेर बसेका थिए ।

एजेन्टहरूको तत्काल कारबाहीका कारण बन्दुकधारी रायन वेस्ली राउथ ट्रम्पसम्म पुग्न नसकेको अमेरिकाको गुप्तचर सेवाले जनाएको छ।

एफबीआईको गोप्य सेवाले देख्नुअघि रुथ गोल्फ कोर्स नजिकै १२ घण्टा लुकेर बसेका थिए। 

५८ वर्षीय राउथ अमेरिकाको उत्तरी क्यारोलिना राज्यबाट आएका हुन् तर हालै उनी अमेरिकाको हवाईमा बस्दै आएका थिए। रायन वेस्ले रुथलाई आज अर्थात मंगलबार अदालतमा पेश गरिने जनाएको छ।

एफबीआईले राउथको सामाजिक सञ्जालमा पनि खोजी गरेको थियो।  उनले रुससँग चलिरहेको युद्धमा युक्रेनलाई सहयोग गरिरहेको भेटिएको बीबीसी समाचारमा उल्लेख छ। यसबाहेक उनको विगतमा पनि आपराध गरेको रेकर्ड छ।

रुथमाथि आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेशनल गल्फ कोर्समा एके-४७ जस्तो राइफल लिएर गएको आरोप छ। एफबीआईले गल्फ कोर्सको झाडीबाट हतियार, एउटा स्कोप, दुईवटा झोला र एउटा गो-प्रो क्यामेरा बरामद गरेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.