आज यी स्थानमा हावाहुरी र वर्षा
![आज यी स्थानमा हावाहुरी र वर्षा](https://annapurnapost.prixacdn.net/media/albums/rain-12920310-58c23b6190c511.58304439_xETTN4Aoja_VcldoNaAM6.jpg)
काठमाडौं : आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही ठाउँमा तथा बाँकी भू-भागको एक-दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू-भागका केही ठाउँमा भने हावाहुरी आउने छ।
आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा सामान्य वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।
बिहीवार पनि कोशी र बागमती प्रदेशका केही पहाडी ठाउँमा सामान्य वर्षा भए पनि धेरै ठूलो पानी भने पर्ने छैन।
हावाहुरी र ठूलो पानी आउने सम्भावना भएका ठाउँहरुमा रहने मानिसहरुलाई सम्भावित संकटबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)