सरकार र राज्यलाई कमजोर देखाएर समृद्धिको यात्रा तय हुँदैन : उद्योगमन्त्री

सरकार र राज्यलाई कमजोर देखाएर समृद्धिको यात्रा तय हुँदैन : उद्योगमन्त्री
सुन्नुहोस्

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक मन्दीबाट बच्न उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्।  शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले  उत्पादन र रोजगारीका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।  मन्त्री भण्डारीले अब घर-जग्गामा लगानी गरेर नेपालमा उत्पादन नहुने बताए।

'अब पुँजी ठूला -ठूला हाउजिङ, घरहरू, जग्गामा लोन दिएर नेपालमा उत्पादन वृद्धि हुँदैन,'उनले भने,' उत्पादन र रोजगारीमा लगानी गर्नुपर्नेछ।'

वर्तमान सरकार समृद्धिको यात्रामा क्रियाशील रहेकाले राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तरमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार सरोकारवालासँग गम्भीररुपमा छलफल गरिरहेको उल्लेख  गरे।

मन्त्री भण्डारीले अहिले नेपालमा केही भएको छैन र हुँदैन पनि भन्ने भाष्य सृजना गरेर राज्यप्रति नै निराशा बाँड्ने काम भइरहेको आरोप लगाए।  उनले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म समृद्धिको यात्रा तय नहुने बताए। उनले राज्य र सरकारलाई कमजोर देख्नेहरूबाट विकासको सम्भावना नरहेको दावी गरे।

सरकारलाई बेठिक देख्ने,राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने जिकिर गरे।

'अहिले एउटा भाष्य के निर्माण भइरहेको छ भने हामीसँग संभावनाहरू छन्। जीवित छन्। हाम्रा संभावनाहरू हुँदाहुँदै पनि अन्तै संभावना देखिरहेका छौं। एउटा ट्रेण्ड नेपालमा खासमा युवा जमातमा एउटा निराशा व्याप्त रहने। त्यो निराशालाई प्रोत्साहित गर्न अनेका खालका लाञ्छना लगाइदिने,सरकार, राज्यप्रति निराशा पैदा  गरिदिने। सरकार केही होइन। सरकारले गर्न चाहेको छैन भन्ने खालको भाष्य निर्माण गरेर एउटाखालको भाष्य निर्माण गरेर एकखालको निराशा व्याप्त गर्ने र त्यो खालको अराजकता गर्ने गतिविधि भइरहेको छ,'मन्त्री भण्डारीले भने,' आखिर सरकार कसको हो ? राज्य कसको हो ?  जब सरकार कमजोर हुन्छ, जब राज्य कमजोर हुन्छ। सरकार मेरो हो राज्य मेरो हो भन्ने भाव आउँदैन तबसम्म देश बन्दैन।'

उनले आर्थिक समृद्धिका लागि पहिला राज्य र सरकार सफल हुनुपर्ने बताए। 'यदि राज्यलाई कमजोर देख्ने ,सरकारलाई कमजोर देख्ने, सरकार कसको हो त भन्दा सरकार फलानोको हो, कांग्रेसको हो, एमालेको हो, माओवादीको हो भनेर भन्ने ? उनले भने,'सरकार मेरो हो । सरकार नेपालको हो भनेर जबसम्म भाव आउँदैन तबसम्म राज्य बलियो हुँदैन। राज्य बलियो नभए कुनै क्षेत्र पनि बलियो हुँदैन।'

मन्त्री भण्डारीले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार कटिवद्ध रहेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.