नेपालको विकासमा गैरसरकारी संघसंस्थाहरूको भूमिका महत्वपूर्ण : सभापति देउवा

नेपालको विकासमा गैरसरकारी संघसंस्थाहरूको भूमिका महत्वपूर्ण : सभापति देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका क्षेत्रमा गैर सरकारी संस्थाहरूले काम गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस,गैर सरकारी संस्था समन्वय विभागले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनले नेपालमा धेरै असर पारेको भन्दै यस क्षेत्रमा गैर सरकारी संस्थाहरूले काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

जलवायु परिवर्तनका कारण हिमालहरू नाङ्गिन थालेकोले यसको बारेमा गैरसरकारी संघसंस्थाहरूले सामुदायिक सचेतनादेखि व्यक्तिगत पहलकदमी गर्न जरुरी रहेको उनको भनाइ छ ।

सभापति देउवाले स्थानीय नागरिकको आवश्यकताका आधारमा गैर सरकारी संस्थाहरू केन्द्रीत हुनुपर्ने धारणा पनि राखे । कांग्रेसले आगामी दिनमा गैर सरकारी संस्थाहरूको भूमिकालाई प्रभावकारी बनाउन र बैदेशीक सहायतालाई स्थानीयको आवश्यकतामा परिचालन गर्न नीतिगत व्यवस्थामा ध्यान दिने उनले बताए।

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरूले महत्वपूर्ण भूमिका खेलेको पनि बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.