बाढीमा फसेकी दश महिने बालिकाको रत्ननगरका मेयर प्रलादले पौडिएर गरे उद्धार

बाढीमा फसेकी दश महिने बालिकाको रत्ननगरका मेयर प्रलादले पौडिएर गरे उद्धार

चितवन : लगातारको बाढीले रत्ननगर नगरपालिका-७ रमाइलो बस्तीमा एक सय जना फसेको मेयर प्रलाद सापकोटाले खबर पाए। 

खबर पाउनासाथ आठ बजेतिर उनी बस्तीतिर लागे। नगरका बासिन्दा फसेको खबर पाएर पुगेकाहरू कोही मानिस फसेको ठाउँमा पुग्न सकेका थिएनन्। मेयर सापकोटाले आफैं पोडिने सुर गरे। 

पौडिएर पुगेका सापकोटाले आमाको पोल्टामा रहेकी दश महिनाकी बालिका देखे। तत्काल उनले डुङ्गा खोजे। मेयर पौडिन थालेपछि वडा अध्यक्ष सजना महतो , पत्रकार होमनाथ सापकोटा र स्थानीय सोनाम तामाङ पनि मेयरसँगै पौडिन थाले।

nullउनीहरुले एक सय जनाको उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याए। केहीलाई डुङ्गामा र हात्तीको प्रयोग गरेर बाहिर ल्याइयो। उद्धार गर्नेमा मेयर सापकोटा पनि सक्रिय रूपमा लागेका थिए।

‘बाढीमा नागरिक फसेको थाहा पाएँ। आत्तिएर डराएर बसेको थाहा पाएँ। जतिसक्दो छिटो पुग्नपर्छ भनेर  अरु केही नसोची पौडिन थालें , ’ सापकोटाले भने , ‘ त्यहाँ पुगेपछि चिसोमा दश महिनाकी बालिका देख्दा झन नरमाइलो लाग्यो। जनता भगवान हुन्। त्यसैले भगवान आपतमा पर्दा मैले आफैंलाई बिर्सिएँ।'

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.