बागमती प्रदेशमा २१ जनाको मृत्यु, २५ बेपत्ता

बागमती प्रदेशमा २१ जनाको मृत्यु, २५ बेपत्ता

हेटौंडा : बागमती प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा अविरल परेको वर्षाका कारण २१ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्। 

शुक्रबारदेखि लगातर परेको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा २५ जना बेपत्ता हुदाँ २१ जनाको मुत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। 

प्रहरी कार्यालयको शनिबार ४ बजेसम्मको तथ्यांकअनुसार मुत्यु हुनेहरूमा धादिङमा १ जना, काभ्रेमा १०, सिन्धुपाल्चोकमा ६, दोलखामा ३ र सिन्धुलीमा १ जना गरी २१ जनाको मुत्यु भएको छ। त्यस्तै बाढी पहिरोमा परी बेपत्ता हुनेहरूमा मकवानपुरमा ७ जना, धादिङ ३, काभ्रेमा ११ र सिन्धुपाल्चोकमा ४ गरी २५ जना बेपत्ता भएको बताइएको छ। 

त्यस्तै प्रदेश प्रहरीका अनुसार उपत्यकका बाहेका १० जिल्लामा बाढी पहिरोका कारण ३१ जना घाइते भएका छन्। जसमध्ये धादिङ र नुवाकोट जिल्लामा १-१ जना, काभ्रेमा ११ जना, सिन्धुपाल्चोकमा १६ जना, दोलखा र सिन्धुलीमा १-१ जना घाइते भएका छन्।
 
त्यस्तै भौतिक संरचनातर्फ २ घर आंशिकरूपमा क्षति हुँदा प्रदेशका ८ जिल्ला ६६ वटा भौतिक संरचना पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। जसमध्ये मकवानपुरमा ३५ घर, काभ्रेमा १९, नुवाकोटमा ३, रसुवामा १, सिन्धुपाल्चोक र दोलखामा २-२ र रामेछाप ३ र सिन्धुलीमा १ घर पूर्णरूपमा क्षति पुगेको छ। आंशिकरूपमा सिन्धुलीमा २ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.