नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआइजी आचार्य
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआइजी) दिनेश कुमार आचार्य नियुक्त भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका उनलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले शुक्रबार जनाएको छ।
प्रतिक्रिया दिनुहोस !