सर्वदलीय बैठकमा गृहमन्त्रीको दावी : विपद्‍बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो

सर्वदलीय बैठकमा गृहमन्त्रीको दावी : विपद्‍बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो

काठमाडौं : गृहमन्त्री रमेश लेखकले विपद्बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए।

‘विपद न्युनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुन्छ । एउटा विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भने,‘अर्को विपदको प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्युनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’ 

गृहमन्त्री लेखकले सरकारले अब आज चारवटा विषयमा जोड दिनुपर्ने बताए। ‘पहिलो खोजी उद्धारको विषय हो । हामीले मानिसहरूको खोजी गर्नुछ । दुःख र पीडामा रहेका मान्छेलाई उद्दर गर्नुछ । सँगसँगै राहत पनि अगाडि बढाउनुछ । घाइतेहरुको उपचार गर्नुछ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्नेछ । सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ,’उनले भने।

बाढी र पहिरोबाट १४८ को मुत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताए । ३ हजार ३ सय ३६ जनाको शकुसल उद्धार गरिएको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलले सक्दोसम्म उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको उनले बताए।

‘उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । चाँडो उद्धार गर्नुपर्नेको उद्धार भइरहेको छ,’ उनले भने, ‘बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धिहरुलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन गरिएको छ । हरेक जिल्लादेखि केन्द्रसम्म उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको छ ।’

डुवानमा परेका उपत्यकालगायत देशका सम्पूर्ण स्थानमा खाद्यान, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको गृहमन्त्री लेखकले बताए।

नख्खु खोलामा केही मानिसका उद्दारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले प्रस्ट पारे ।‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन । सेनाको हेलिकोप्टर पनि त्यहाँ पुर्‍याउने कोसिस भएको हो । भिजिविलिटीका कारण सेनाको हेलिकोप्टर जान सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन् । उद्दार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ । नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो,’ उनले भने।'
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.