सिन्धुलीमा मध्य पहाडी लोकमार्ग खुल्यो

सिन्धुलीमा मध्य पहाडी लोकमार्ग खुल्यो

सिन्धुली : मध्य पहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी खण्ड सञ्चालनमा आएको छ। बाढी र पहिरोका कारण शनिबारबाट अवरुद्ध राजमार्ग बिहीबारबाट एकतर्फी सञ्चालनमा आएको हो। 

वर्षा कम भएसँगै आइतबारबाट रामाजर्ग खुलाउन, नेपाल प्रहरी, सडक विभाग, गोलन्जोर र फिक्कल गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल तथा स्थानीय लागि परेका थिए। सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्म बिहीबार दिउँसोदेखि एकतर्फी सडक सञ्चालनमा आएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले जानकारी दिए। 

राजमार्गअन्तर्गत खुर्कोट-घुर्मी खण्डको ६१ किलोमिटरमध्ये सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिकाअन्तर्गत पर्ने हैबारबेंसी, बलेनी, कुखुरेटार, काली आँप, कुँडुले, मुर्कीबेसी,सम्नामवेशी, नवलपुर, निगुरेखोला, पञ्चकन्या र थोल्मेघाट लगायतका स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो।

‘मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा मात्र करिब ५ सय मिटर सडकमा पहिरो खसेको थियो। यी पहिरोहरू जेसीभी, एक्स्काभेटर, डोजर प्रयोग गरेर पन्छाउने काम भइरहेको र अहिले एकतर्फी यातायातका साधनहरू सञ्चालनमा आएको हो,’ उापध्यक्ष न्यौपानेले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.