बेपत्ता युवक खोलामा मृत फेला
![बेपत्ता युवक खोलामा मृत फेला](https://annapurnapost.prixacdn.net/media/albums/dead_20190729113216_zsSHcCCyZH_9mrtYs9YWq.jpg)
विराटनगर : मोरङको जहदा गाउँपालिका–४ सिसौबारीस्थित लोहन्द्रा खोलामा शनिबार बिहान १ जना युवक मृत फेला परेका छन्। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले कटहरी गाउँपालिका–५ का १८ वर्षीय आशिष राजवंशीको शव बिहान ९ बजेतिर फेला परेको जानकारी दिए।
राजवंशीलाई गत बिहीबार धनपालथान गाउँपालिका–७ बाट लोहन्द्रा खोलाले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता भएको २ दिनपछि शव भेटिएको हो। घटनास्थलबाट करिब ४ किलोमिटर तल खोलामै शव फेला परेको डीएसपी जोशीले बताए। पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो। प्रहरीका अनुसार स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव भेटिएको हो।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। डीएसपी जोशीका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)