पाल्पाका दशैं​​​​​​​घर, कोतघर, देवीका मन्दिर तथा घरघरमा फूलपाती भित्र्याइयो

पाल्पाका दशैं​​​​​​​घर, कोतघर, देवीका मन्दिर तथा घरघरमा फूलपाती भित्र्याइयो
तस्बिर : कृष्ण पोखरेल

तानसेन : आश्विन शुक्ल सप्तमीका दिन आज पाल्पाका दशैं घर, कोतघर, देवीका मन्दिर तथा घर घरमा फूलपाती भित्र्याइएको छ।

शास्त्रीय विधिअनुसार शुभ साइत पारेर घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष लाई फूलपातीको रुपमा भित्र्याउने परम्परा रहेको पाइन्छ। null

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको पाइन्छ। केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका सहायक देवीको रुपमा रहेको शास्त्रीय मान्यता रहेको छ। फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। 

नेपाली सेनाको  ब्याण्डबाजासहित, जिल्ला प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले संयुक्त रुपमा फूलपाती बढाईमा सहभागी भएका थिए। व्याडबाजा सहितको टोलीले तानसेनको दशैघर, निशानमन्दिर, भगवती मन्दिरको साथै बजारमा  फूलपाती टिपेर हुदै नेपाली सेनाको व्यारेकमा पुगी पुन नवदुर्गा पुजा पाठ गरि पुन दशैघर भित्र्याउने गरिन्छ।

यसैगरी पाल्पाको दर्लामहाकाली, रम्भादेवी, रैनादेवी लगायतका देवीका मठ मन्दिरमा तथा कोतघरमा  देवीको पुजाआजा गरी फुलपाती भित्र्याइएको छ। 
nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.