भत्किएका पुल र सडक तत्काल पुननिर्माण गर्न खोटाङबासीको माग

भत्किएका पुल र सडक तत्काल पुननिर्माण गर्न खोटाङबासीको माग
तस्बिर : अन्नपूर्ण

धरान : बाढीले क्षति पुर्‍याएको पुल र सडक तत्काल पुननिर्माण गर्न खोटाङ जिल्लावासीले सरकारसँग माग गरेका छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राईको पहलमा काठमाडौंमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा भएको क्षतिको एकिन गरी पुननिर्माण गर्न माग गरेको हो । 

असोज ९ देखि १२ गतेसम्म  परेको भीषण वर्षाका कारण तराईका जिल्लासँग जोड्ने सुनकोशीको पुल बगाएको छ । दिक्तेल गाईघाट सडक अवरुद्ध छ । त्यस्तै दिक्तेल भोजपुर सडकमा समेत क्षति पुपगेको प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले बताए । 

उनले जिल्लाका १० पालिकाबाट सदरमुकाम दिक्तेलसम्म जोडने सडक बाढीर पहिरोले बगाएका कारण सर्वसाधारणलाई आवतजावतमा गम्भीर समस्या भएका कारण क्षतिको मुल्यांकन गरी तत्काल पुननिर्माण गर्न सरकारसँग माग गरेका छन् । उनले खोटाङको विकासमा सामूहिकरुपमा  लागि पर्न आग्रह गरेका छन् । 

एमाले केन्द्रीय सदस्य उषा कला राईले बाढी पहोरोले खोटाङलाई धेरै क्षति पुर्‍याएका कारण जिल्लाको विकास र  पुननिर्माणका लागि सबै राजनैतिक दलहरूले सामुदायिक प्रयत्न गर्नुपर्ने बताइन् ।

बैठकले खोटाङ जिल्लाको पुननिर्माणका लागि जिल्लाका नेतादेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने एमाले कोशी प्रदेश कमिटीका सदस्य प्रभातविक्रम कटुवालले जानकार दिए।

बैठकमा राप्रपा,एमाले, जसपालगायत राजनीति दलका नेताहरू सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.