रक एन्चोर्ज गरी सुपा देउरालीमा सडक विस्तार

रक एन्चोर्ज गरी सुपा देउरालीमा सडक विस्तार

अर्घाखाँची : विशेष शक्तिपीठका रूपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार भएको छ। 

सुपा देउराली मन्दिरमा पुगेका जो कहिले चट्टानी भीरमा रहेको साँघुरो डरलाग्दो सडक सम्झन्थे। त्यही चट्टानी डर लाग्दो भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहज भएको छ।

गोरुसिंगे सन्धिखर्क सडकको सुपा देउराली खण्डमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि रक एन्चोज प्रयोग गरेर ड्रिल गरेर आरसिसी ढलान गरे सडक  बिस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताए। 

लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको पहिलेको सडकको चौडाइ मुस्किलले साढे ४ मिटर हुँदा यातायात आवागमनमा निकै कठिनाइ रहेको थियो इन्जिनियर पाण्डेले भने हाल सडक डिभिजन शिवपुरबाट सडक स्तरोन्नति भई करिब ९ मिटर चौडाइको काम सम्पन्न भएको छ। जसबाट यातायात आवागमनमा सजिलो भएको छ।

जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङे सन्धिखर्क सडकको लाहुरे बजारदेखि सुपा मन्दिरसम्म करिब ३ सय मिटर कडा चट्टान र भिरालोका कारण साँघुरो भइ यातायात आवागमनमा निकै कठिनाइ व्योहोर्नु परेको अवस्था रहेको थियो। सडक डिभिजन शिवपुर, कपिलवस्तुबाट  रक एन्चोर्ज सहित वाल निर्माणको काम सम्पन्न भएको हो। गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलो मिटर छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको दोसाधमा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ। सुपा देउराली नजिकै मनोरम दृश्यले भरिपूर्ण नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा  विश्वास लिइएको छ। 

नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन्। यहाँ भारतबाट आउने  पर्यटकको संख्या पनि वृद्धि भएको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए।  

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन्। भारतको उत्तर प्रदेश, विहारबाट समेत  धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन्। सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रमा लैजाने कार्य योजना नगरपालिकाले बनाएर काम अगाडि बढाएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। 

उनले सुपा देउरालीमा आएका भक्तजनका लागि लक्षित गरेर भौतिक संरचना निर्माणका कार्यहरू भइरहेको जानकारी दिए। सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओहोदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन्। कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका, भाकल गरि बलि चढाइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.