घोडेपानीमा आन्तरिक पर्यटक आकर्षित गर्न छुट

घोडेपानीमा आन्तरिक पर्यटक आकर्षित गर्न छुट

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल घोडेपानीका होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ। 

घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दशै तिहार छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो। 

घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले नेपाली पर्यटकले बिहीबारदेखि नै लागू हुने गरि कुल बिलमा १० प्रतिशतका दरले छुट सुविधा पाउने जानकारी दिइन्। ‘आन्तरिक पर्यटनको प्रर्वद्धनका लागि यहाँका सबै होटलले छुट दिने निर्णय गरेका हौ,’ उनले भनिन्, ‘चाडपर्वको समयमा घुम्न आउन पाहुनाले घोडेपानीका सबै होटलमा छुट सुविधा पाउनेछन्।’

घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर-घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएको उनले बताइन्। सवारी साधनको अलावा कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको मोहरेडाडा, पर्वतको भुक देउराली हुदै पैदलयात्रा गरेर घोडेपानी पुग्न सकिन्छ। 

समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा अवस्थित घोडेपानीमा रहेका २६ वटा साना ठूला सुविधायुक्त होटलमा दैनिक एक हजार दुई सय जना पाहुना बास बस्ने क्षमता रहेको छ। प्याकेजमा प्रतिव्यक्ति एक हजार पाँच सय देखि पाँच हजार सम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ। 

हिमाल, पहाडी भूगोल, सूर्योदय र गुराँसको जंगल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तब्य हो। समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।

यहाँबाट धौलागिरी र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ। मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुनु्।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाईनिङ हलबाटै गुराँसको जंगलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न सकिन्छ। घोडेपानीमा बास बसेका पर्यटकहरू एका बिहानै करिब ४० मिनेट उकालो हिडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुग्छन्। घोडेपानी पुनहिल अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरा देखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। म्याग्दीको जिल्ला सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.