पारम्परिक वस्त्रमा सजिए मधेसी युवा, छठमा रैथाने वस्त्र पहिरिन अपील

पारम्परिक वस्त्रमा सजिए मधेसी युवा, छठमा रैथाने वस्त्र पहिरिन अपील

जनकपुरधाम : ‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेसका युवा-युवतीहरूले रैथाने वस्त्रको प्रदर्शन गरेका छन्।

छठ पर्वमा विशेष रूपमा सांस्कृतिक वस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपील गर्दै छठ घाटमा आफ्नो पारम्परिक वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन आग्रह गरेका हुन्। उनीहरूले जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर परिसरमा सांस्कृति वस्त्र प्रदर्शन गरेका हुन्।

मधेसमा धोती, कुर्ता वा पाइजामाको मौलिक पोशाकलाई हिनताबोध गर्नेहरूको मनोबल उच्च राख्न आफ्नो मौलिक पहिरन प्रदर्शन गरेको अभियानका संयोजक मोहन महतो कोइरीले बताए। ‘धोती, कुर्ता वा धोती पाइजालाई हेलाको दृष्टिकोणबाट हेर्ने गरिएको छ। जसका कारण मधेसी समुदाय अपहेलित भइरहेका छन्। यसलाई चिर्नका लागि हामीले आफ्नो पोशाकलाई जोगाउन अभियान चलाएका हौं,' उनले भने। 

पुरुषले लगाउने धोती, कुर्ता, गम्छा र महिलाले लगाउने सारी, चोलोको संरक्षणका लागि अभियान सकारात्मक भएको अभियानमा सहभागी मैथिलीका प्राध्यापक मनोज झा मुक्तिको भनाइ छ। उनले भने, ‘पश्चिमा सभ्यताले हाम्रो सभ्यतालाई मास्दै छ। पश्चिमा सभ्यता हामीप्रति हाबी हुँदैछ। त्यसैले आफ्नो सभ्यता र संस्कृतिलाई बचाउन भएपनि हामीले हाम्रो पहिचान जोगाउन आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.