पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

पर्यटन व्यवसायी बसन्त  मिश्रको निधन

काठमाडौं : पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ।  उपचारका क्रममा उनको आज बिहान निधन भएको हो। केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जनाएको छ।

टेम्पल टाइगर ग्रुप अफ कम्पनीक अध्यक्ष मिश्र  लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध थिए। उनी नेपालमा 'वाइल्ड लाइफ टुरिजम' का पायोनियर मानिन्छ।

उनी नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन्। नेपालमा पर्यटनको प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। मिश्रका श्रीमती र एक छोरा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.