'गरिबीलाई तह लगाउँछु' भन्दै मलेसिया पुगेका इसराफिल, जो प्रहरी हिरासतमा छन्

'गरिबीलाई तह लगाउँछु' भन्दै मलेसिया पुगेका इसराफिल, जो प्रहरी हिरासतमा छन्
सुन्नुहोस्

काठमाडौं : आमाको मायाले भोको पेट भरेन। बुबाको भरोसाले साँझ बिहानैको गाँस टरेन। अनि सात वर्षअघि ३८ वर्षीय इसराफिल नदासफ मलेसिया उडे। विमानस्थलबाट देश छोड्दै गर्दा उनको मनमा थियो, गरिबीलाई तह लगाउँछु। तर, भयो त्यसको विपरीत। यतिबेला उनी मानसिक सन्तुलन गुमाएर मलेसिया प्रहरीको 'कस्टडी'मा छन्। 

बच्चा अपहरण र चोरीको अभियोगमा उनी थुनिन पुगेका छन्। त्यहाँ स्थानीयहरूले पक्रेर दुई साताअघि कारबाहीका लागि प्रहरीलाई बुझाएको परिवारजनले जनाएको छ। प्रहरीमा बुझाउन अघि हात, खुट्टा बाँधेर निर्मम यातना दिइएको अन्नपूर्णलाई प्राप्त भिडियोमा देख्न सकिन्छ। ‘टाउको फुटेर रगताम्य छन्। सडकमा उनी छट्पटाइरहेका छन्। उनको हातखुट्टा डोरीले बाँधिएको छ।’

परिवारजनले इसराफिलको उद्धार गरिदिन सम्बन्धित निकायलाई बिलौना गरिरहेका छन्। गाउँदेखि काठमाडौंसम्म भौँतारिरहेका छन्। तर, वैदेशिक रोजगार विभागले गम्भीरतापूर्वक पहल नगरेको गुनासो गरेको छ। इसराफिलका छिमेकी डीके सिंहका अनुसार उनलाई अनाहकमा प्रहरी नियन्त्रणमा राखिएको छ। काम गर्दागर्दै उनले मानसिक सन्तुलन गुमाए। कम्पनीले उपचारका लागि हस्पिटल पठाएनन्। बरु कम्पनीले होस्टेल लैजाने बहानामा बीच बाटोमै अलपत्र छोडिदियो। त्यसैकारणले उनी प्रहरीको नियन्त्रणमा पुग्ने अवस्था आयो।

‘होस् गुमाएका मान्छेलाई के गर्दैछु भन्ने थाहा हुँदैन। बाटोमा अलपत्र परेका इसराफिलले बच्चाहरूलाई झम्टिन् र आक्रमण गर्न पुगे। बच्चा अपहरण र चोरी गर्न आएको भन्दै त्यहाँका मानिसहरूले आरोप लगाए। हातखुट्टा बाँधेर मर्नासन्न कुटपिट गरे’, उद्धारका लागि पहल गरिरहेका सिंहले अन्नपूर्णसँग भने, ‘कुटाईबाट टाउको पनि फुट्यो। मलेसीयनहरूले इसराफिललाई कारबाहीका लागि दुई हप्ताअघि प्रहरीको जिम्मा लगाइदिएको खबर छ।’ इसराफिल पक्राउबारे उनका साथीहरूले शुक्रबार घरपरिवारलाई टेलिफोन गरेर जानकारी दिएका थिए।

मनराशिसवा नगरपालिका-२ इटहर्वाकट्टीका वडाध्यक्ष नरेश कुमार सिंहका अनुसार इसराफिल १७ मई सन् २०१७ मा वर्ड वाइज मेनपवार कोटेश्वर काठमाडौंमार्फत वैदेशिक रोजगारीमा गएका थिए। उनले गार्डियन सेक्युरिटी कन्सलटेन्ट (एसडीएन बीएचडी)मा विगत सात वर्षदेखि काम गर्दै आएका थिए। 

null

कम्पनीको लापरबाहीले आफ्नो छोरो अनाहकमा प्रहरी फन्दामा परेको इसराफिलका बुबा समसुल नदाफ बताउँछन्। ‘छोरो पक्राउ परेको खबरले हाम्रो होस् हवास् उडेको छ। हामी गरिब मान्छे पढेको पनि छैन। केही थाहा छैन’,  उनी भन्छन्, ‘अब कसरी छोरोलाई विदेशबाट घर फर्काउने? निकै तनावमा छौं। घरमा सबैजना टेन्सनले आकुल व्याकुल छन्। छिमेकीको सहयोगमा काठमाडौं आएर सरकारी निकायमा विन्तिपत्र चढाएका छौं।’ सरकारले छोराको उद्धार गरेर नेपाल ल्याइदिन सबैमा आग्रह गरेको उनले सुनाए।

कात्तिक ८ गते वडाध्यक्ष सिंहले उद्धारका लागि विभागलाई पत्र लेखेका थिए। त्यहाँ भनिएको छ, ‘इसराफिलको मानसिक सन्तुलन बिग्रेको अवस्थामा मेलेसियामा उनीमाथि अभियोग लगाई समातिएकाले उनलाई नेपाल फर्काइ अनुरोध छ।’

वैदेशिक रोजगार विभाग काठमाडौंले इसराफिलको उद्धारका लागि कूटनीतिक पहल थालेको जनाएको छ। यसका लागि कात्तिक ११ गते नेपाली राजदूतावासलाई उद्धारका लागि पत्राचार गरेको छ। ‘मानसिक सन्तुलन गुमाएको र उपचारको आवश्यकता छ’, विभागका शाखा अधिकृत चोलारमण अधिकारीले गरेको पत्रमा भनिएको छ, ‘निज (इसराफिल)लाई यथासिघ्र प्रहरीको कब्जाबाट छुटाई नेपाल फर्काउनका लागि कूटनीतिक पहल गरी नेपाल फर्काइदिन अनुरोध छ।’

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले इसराफिलको उद्धारका लागि पहल भइरहेको बताए। उनले भने, ‘उहाँ दुई वर्षका लागि श्रम स्वीकृति लिएर मलेसिया जानुभएको थियो। तर, सात वर्षदेखि काम गर्दै हुनुहुन्थ्यो।  विभागले राजदूतावासलाई उद्धारका लागि कूटनीतिक पहल गरिदिन अनुरोध गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.