वायुको प्रभाव कायमै : भोलिदेखि भाइटीकासम्म मेघ गर्जनसहित वर्षाको सम्भावना

वायुको प्रभाव कायमै : भोलिदेखि भाइटीकासम्म मेघ गर्जनसहित वर्षाको सम्भावना
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : मौसम पूर्वानुमान महाशाखा भोलिदेखि भाइटीकाको दिनसम्म (चारदिन) मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको जनाएको छ। हाल देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै विभागले कार्त्तिक १५ देखि १८ गतेसम्म केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना रहेको बताएको हो।

यस वर्षको तिहार आजदेखि सुरू भएको छ। कात्तिक १८ गते भाइटीका परेको छ।

विभागले बुधबार बुलेटिन प्रकाशित गर्दै तिहारको चतुर्दशी (१५ गते),औंसी (१६ गते), प्रतिपदा (१७ गते र द्वितीया अर्थात् भाइटीका (१८ गते) का  दिनहरूमा कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना रहेको जानकारी गराएको हो।

साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने संभावना छ।

विभागका अनुसार आज पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी  प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी,आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.