क्यान्सर पीडितलाई सहयोग

क्यान्सर पीडितलाई सहयोग
सुन्नुहोस्

उदयपुर : त्रियुगा छठ पूजा समितिले क्यान्सर पीडित महिलालाई एक लाखभन्दा बढी रकम सहयोग गरेको छ। समितिमा आबद्ध त्रियुगा नगरपालिका-१२ का सानु साहलाई समितिले एक लाख दुई हजार २६० रुपैयाँ हस्तान्तरण गरिएको हो। 

विभिन्न निकायको सहयोगबाट संकलित उक्त रकम साहलाई उपचार खर्चमा सहयोग गरिएको छठ पूजा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार खेमनारायण यादव (राहुल)ले बताए। 

उनले भने, ‘बिरामीको अवस्था बुझ्न घरमा जाँदा आर्थिक अवस्था दयनीय देखिएको र उपचारमै समस्या देखेपछि साथीहरू र व्यापारीसँग सहयोग मागेर उपलब्ध गराएका हौं। दुःख परेको बेला साथ दिनु नै हाम्रो कर्म हो,’ उनले भने, ‘ठूलो रकम सहयोग गर्न नसके पनि तत्काल उपचार पाओस् भन्ने मान्यताले सहयोग गरेका हौं।’ 

समितिले यसअघि पनि गाईघाट बजारकै राधा मास्केलाई उपचार खर्च ६५ हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष चन्दनकुमार साहले बताए। संस्थासँग स्रोत नभएपनि अप्ठ्यारोमा परेकाहरूलाई सबैसँगको सहकार्यमा संकलन गरी सहयोग गर्दै आएको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.