रेडक्रस उदयपुरको आर्थिक अनियमितता छानबिन गरिने

रेडक्रस उदयपुरको आर्थिक अनियमितता छानबिन गरिने
सुन्नुहोस्

उदयपुर : केन्द्रको विवादले जिल्ला तहसम्म पुगेको नेपाल रेडक्रस सोसाइटी अन्ततः विवाद समाधानसँगै आफ्नो लयमा फर्कन सुरु गरेको छ। तर जिल्ला तह विवाद निरुपणमा केही असहजता देखिएको छ।

केन्द्रीय नेतृत्वको विवाद निरुपणसँगै उदयपुर रेडक्रसमा शम्भु पौडेल नेतृत्वको समूह नै आधिकारिक भएको परिपत्र जारी भएपछि मदनराज कटुवालको नेतृत्वले कार्यालयको बरबुझारथ गरेको छैन।

गत असोज ९ गते पौडेलले केन्द्रबाट वैधानिकता पाए पनि कार्यालयका ताला चाबी कटुवाल नेतृत्वमा रहेपछि उनी कार्यालय प्रवेश गर्न पाएका थिएनन्। कटुवालले आफू नै वैधानिक भएको जिकिर गर्दै कार्यालयको ताला चाबी राखेपछि एक महिना पछि पौडेलले ताला चाबी फुटाएर कार्यालय प्रवेश गरेका छन्।

कार्यालय प्रवेशसँगै हिसाबकिताब र चलअचल सम्पति बुझाउन पटक–पटक आग्रह गर्दासमेत कटुवालले बेवास्ता गरेको भन्दै पौडेलले पत्रकार सम्मेलन आयोजना गरी गतिविधि बाहिर ल्याएका छन्।

उनले विनोदकुमार बस्नेतको नेतृत्वमा रहेको जिल्ला कार्यसमिति विघटन गरी दफा ३५ (१) अनुसार ६ महिनामा अधिवेशन गर्ने गरी आफ्नो नेतृत्वमा १३ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको दाबि गरे। पौडेलले भने, ‘कटुवाल नेतृत्वको समिति अवैध रहेको र निजको नेतृत्वमा भएका सबै कार्यहरू विधि विधान विपरीत भएको हुँदा विधि विधान मिचेर भए गरेका कामहरू सबै रद्द हुन्छ।’

‘कटुवाल नेतृत्वले विधि मिचेर सदस्यता विस्तार गरेको, नगरपालिकासँग सम्झौता गरेकाले सबै खारेजी हुन्छ,’ उनले भने, ‘यद्यपि सदस्यताका सन्दर्भमा केन्द्रमा पठाएर अभिलेख राखिएको भए वा वितरण गरिएको सदस्यताको शुल्कसहित नामावली जिल्लामा पठाए त्यसलाई वैधानिकता दिन आफूहरूले प्रयास गर्नेछौं।’

बिनोदकुमार नेतृत्वको समितिले रक्तसञ्चार केन्द्रका नाममा रहेको अक्षयकोष हिनामिना गरेको, कार्यालय अगाडि रहेको सटर भाडा आफूखुशी लिई हिनामिना गरेको र  कार्यालयमा आर्थिक अपचलन र अपारदर्शी कार्य गरेको कटुवाल समूहको आरोप छ नि भन्ने पत्रकारको प्रश्नमा पौडेलले सबै कुराको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय र आफूहरूले छुट्टै समिति बनाई अघि बढ्ने बताए।

उनले भने, ‘आर्थिक अपचलन भएको कटुवाल समूह र अक्षयकोष दाता समूहले उठाउँदै आएका छन्, त्यसैलाई आधार मानेर प्रशासनलाई छानबिन गर्न भनेका छौं र हामी पनि छिट्टै समिति बनाएर वास्तविक कुरा बाहिर ल्याउँछौ।’ उनले कार्यालयमा आर्थिक अपारदर्शिता भेटिए जो कोही कारबाहीको दायरमा ल्याइने बताए।

जिल्ला समितिका सचिव सन्तोष कोइरालाले कार्यालयका सामान बेवारिसे अवस्थामा रहेको, दराज फोडेर विगतका आर्थिक प्रतिवेदन, सदस्यता अभिलेख जस्ता महत्वपूर्ण कागजातहरू लगेको, सवारी साधनका पाटपुर्जा लगेको तथा ल्यापटप कम्प्युटर प्रिन्टर लगायतका सामान सबै काम नलाग्ने अवस्थामा फेला परेको बताए।

उनले कटुवाल नेतृत्वको समहुले कार्यालयका आन्तरिक आम्दानी बैंक खाता नै सञ्चालन नगरी आफूखुशी चलाएर हिनामिना गरेकाले आफूहरू आए लगत्तै बैंक खाता सञ्चालनमा ल्याएको बताए। कोइरालाले विगतमा झै बाढी पहिरो, अग्निपीडित तथा भूकम्प पीडित जस्ता दैवी प्रकोप तथा विपद्का समयका पीडितहरूलाई गरिने सहयोगलाई निरन्तरता दिइने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.