बर्दियामा पटाका नष्ट

बर्दियामा पटाका नष्ट
सुन्नुहोस्

गुलरिया : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेडक्वाटर बर्दिया मातहतमा रहेका सशस्त्र प्रहरीले गस्तीका क्रममा नियन्त्रणमा लिएका अवैध पटाकाहरू नष्ट गरेको छ। दीपावलीको अवसर पारेर भारतबाट अवैध रूपमा भित्र्याइएका विष्फोटक लगायत वातावरणीय मापदण्ड विपरीतका पटाकाहरू नष्ट गरिएको हो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका पटाकाजन्य विष्फोटक पदार्थहरू पत्रकार महासंघ लगायत पत्रकारहरू, नेपाल प्रहरीको रोहबरमा सशस्त्र प्रहरी हेडक्वाटर कार्यालय परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरी नम्बर ३१ हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले बताए।

बरामद सबै पटाकाजन्य सामाग्रीहरू खाल्डोमा हाली पानी भरेर नष्ट गरि पुरिएको छ। सुतली बम, रकेट, चटाई, पोपट, लसुन, झिरझिरे, मस्ताज, जलेवी, सर्प लगायतका पटाकाजन्य पदार्थ नष्ट गरिएको उनले जानकारी दिए। कुल १ लाख ३ हजार १ सय रुपैयाँ बजार मूल्य बराबरको विष्फोटक पदार्थ नष्ट गरिएको छ। बर्दियामा दीपावलीका बेला अत्यधिक पट्काइने पटाकाजन्य पदार्थ स्थानीय प्रशासनले कडाइ गरेपछि कम मात्रामा पट्किएको स्थानीयले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.