सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन् भौतिक मन्त्री दाहाल रियाद प्रस्थान

सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन् भौतिक मन्त्री दाहाल रियाद प्रस्थान
सुन्नुहोस्

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल आज साउदी अरेबियाको रियाद प्रस्थान गरे‍का छन्। सडक सुरक्षाबारे तीन दिन सम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यस तर्फ प्रस्थान गरेका हुन्। 

रियादमा यही नोभेम्बर २ देखि ४ तारिकसम्म हुने सडक सुरक्षा सम्बन्धी सम्मेलनका लागि मन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको विशिष्ट कक्ष मार्फत त्यस तर्फ जानु भएको उनको सचिवालयले जनाएको छ। 

उनको साथमा धर्मपत्नी दिलमायाँ कार्की समेत रियाद प्रस्थान गरेकी छन्। सम्मेलनमा मन्त्री दाहालका सल्लाहकार हर्कराज राई र सूचना प्रविधि विज्ञ मनोज दाहाल समेत सहभागी छन्। 

इन्टरनेशनल रोड फेडेरेशन, आईआरएफ ग्लोवल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवम् विज्ञहरूले सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यपत्रहरू पेश गरी छलफल हुने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.