बर्दियामा भारी परिमाणमा पटाका बरामद

बर्दियामा भारी परिमाणमा पटाका बरामद
सुन्नुहोस्

गुलरिया : प्रहरीले भारी परिमाणमा आतिसबाजजन्य पटाका नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय लगायत मातहतमा रहेका प्रहरीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट पटाका नियन्त्रणमा लिएको हो।

प्रहरीले जिल्लाभरीबाट विभिन्न समयमा रकेट, भुइचम्पा, सुतली, क्यान लगायत लसुन बम तथा झिरझिरे, जलेवी, चटाई, पोपट जस्ता पटाकाजन्य आतिसबाजी सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए। प्रहरीले २ लाख ८५ हजार ७७६ रुपैयाँ मूल्य बराबरको पटाकाहरू नियन्त्रणमा लिएको छ। 

नियन्त्रणमा लिएका पटाकाहरू नष्ट गरिएको डीएसपी घर्ती मगरको भनाइ छ। बिहीबार सशस्त्र प्रहरीले बरामद गरेको १ लाख ३ हजार १ सय रुपैयाँ बराबरको पटाका सार्वजनिक गरी नष्ट गरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.