वीरगन्जमा मुस्लिम समुदायका लागि विवाह भवन निर्माण
वीरगन्ज : वीरगन्ज महानगरपालिका-१४ बहुअरीमा मुस्लिम समुदायका लागि विवाह भवन निर्माण गरिएको छ। मुस्लिम समुदायमा हुने विवाह, चाडपर्व, अन्य सामुदायिक उत्सव लगायतका प्रायोजनका लागि बहुअरीमा ६० लाख रुपैयाँका लागतमा विवाह भवनको निर्माण गरिएको हो।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका खानेपानी मन्त्री प्रदीप यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगन्ज महानगरपालिकाको गरी कूल ६० लाख रुपैयाँको लागतमा बहुअरीमा मुस्लिम समुदायका लागि विवाह भवनको निर्माण गरिएको वीरगन्ज–१४ का वडा सदस्य कुन्दन पटेलले जानकारी दिए। उक्त भवनमा एउटा हल र दुई वटा कोठा रहेको छ।
शुक्रबार खानेपानी मन्त्री यादवले उक्त नवनिर्मित विवाह भवनको उद्घाटन गर्दै विवाह भवनले मुस्लिम समुदायका सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्नमा महत्वपूर्ण योगदान पुर्याउने बताए। वीरगन्जका मेयर सिंहले महानगरमा रहेका रहेका धर्म, जात र समुदायको उत्थानका लागि महानगरले काम गरिरहेको बताए।