चैनखोलामा झोलुंगे पुल निर्माण

चैनखोलामा झोलुंगे पुल निर्माण
सुन्नुहोस्

मुगु: छायाँनाथ रारा नगरपालिका-२ स्थित चैन खोलामा झोलुंगे पुल निर्माण गरिएको छ। कुल १४७ मिटर लम्बाइ भएको झोलुंगे पुल शुक्रबार उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो। 

नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको हो। पुलको कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीले संयुक्त रूपमा उद्घाटन गरे। 

पुल निर्माण भएसँगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामान किनमेल गर्न आउने जाने र छायाँनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरू लगायत स्थानीयलाई सहज हुनुका साथै बालबालिकालाई विद्यालय पुग्न सहज हुने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए।

यो पुलले छायांनाथ रारा नगरपालिकाको १ वडा देखि ७ वडासम्मका नागरिक र जुम्ला जानेहरू लागि अझ सहज हुने छ। २०८१ वैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली इन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिसले २०८१ पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो। तर, पुल  २ महिनाअघि नै पुल निर्माण भएको नगरपालिकाले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.