कौडा र नगदसहित पाँचजना पक्राउ

कौडा र नगदसहित पाँचजना पक्राउ

नुवाकोट : प्रहरीले नुवाकोटको ठूलोगाउँबाट कौडा र नगदसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकालाई प्रहरी हिरासतमा राखिएको छ। 

प्रहरीले लाखौं रुपैयाँ बरामद गरेको छ भने पक्राउ परेकाहरूलाई हिरासतमा राखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक दीपक घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले विदुर नगरपालिका-५ ठूलोगाउँस्थित एक घरबाट कौडासेटसहित एकजना जनप्रतिनिधिसहित पाँचजना पुरुषलाई पक्राउ गरेको हो। 

नगद हारजित हुने गरी कौडा खेलिरहेको जानकारी आएपछि घरमा छापा मारेर प्रहरी टोलीले ९७ हजार पाँचसय रुपैयाँसहित नुवाकोटकै पाँच जना युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

पक्राउ परेकाहरूबाट प्रहरीले नगद बरामद गरेको जनाएको छ। उक्त स्थानबाट प्रहरीले विदुर-५ का वडा सदस्य होमबहादुर कुमालसहित पाँच जनालाई नगद र कांडासहित नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। उनका अनुसार प्रहरीले कानुनले प्रतिबन्धित गरेका जुवातास तथा कौडा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। 

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी महल अनुसार कारबाही गरिने जनाइएको छ। गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। चाडपर्वका समयमा लुकीछिपी जुवातास खेलाउने क्रम बढिरहेको प्रहरीमा उजुरी आइरहेको नुवाकोट प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.