निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
यसअघि निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए। उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति पौडेलले न्यायाधीशमा नियुक्त गरेका हुन्।