सिन्धुलीमा  प्रधानाध्यापकमाथि गोली प्रहार

सिन्धुलीमा  प्रधानाध्यापकमाथि गोली प्रहार
सांकेतिक तस्बिर
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा अज्ञात समूहको गोलि प्रहारबाट प्रधानाध्यापक घाइते भएका छन्। मकवानपुरको बागमती गाउँपालिका-१ बोटगाउँका ४० वर्षीय प्रेमबहादुर बम्जनमाथि गोलि प्रहार भएको सिन्धुली प्रहरीले जनाएको छ। 

सर्लाहीबाट सिन्धुली हुँदै मकवानपुर जिल्लातर्फ जाँदै गर्दा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ ढप्सेमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो। 

गोली प्रहारबाट बम्जन घाइते भएका छन्। उनको मुखमा गोली लागेको छ। बम्जन मकवानपुरको बकैया गाउँपालिका-३ स्थित बुद्ध माविका प्रधानाध्यापक हुन। 

गोलि प्रहारबाट घाइते भएका प्रअ बम्जनलाई सिन्धुली र सर्लाही प्रहरीले उद्धार गरेर सर्लाहीको मोडल अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगन्जको बयोधा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी अनिलकुमार खड्काले बताए। 

बम्जन सर्लाहीबाट प्रदेश २–०३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा भाइ दिलबहादुर बम्जनको साथमा सिन्धुली तर्फ आउँदै थिए। सर्लाही र सिन्धुलीको सिमानस्थित ढप्सेमा तीन जनाको समूहमा लुकि बसेका अपरिचित समूहले बम्जनमाथि छोटो हतियार (कट्टा) प्रहार गरेको हुन सक्ने अनुमान गरिएको खड्काको भनाइ छ। 

गोली प्रहार हुँदा बम्जनले प्रयोग गरेको हेल्मेटको दायाँ तर्फबाट गाला छेडिएको र गोली मुखकै तल्लो भागमा अड्किएको प्रहरी प्रवक्ता खड्काको भनाइ छ।  गोली प्रहार गर्ने तीनै जना फरार छन्।

तराई मूलका जस्ता देखिने ३ जना अपरिचित व्यक्तिहरूको खोजी कार्यका लागि जिल्लास्थित सबै सीमा नाकाहरू सिल गरिएको छ। फरारको खोजतलासका लागि सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय कपिलाकोट, प्रहरी चौकी क्यानेश्वर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा इलाका प्रहरी कार्यालय कर्मैया तथा मकवानपुर जिल्लाको प्रहरीहरू समेत परिचालित भएको बताइएको छ। 

मोटरसाइकलमा सवार बम्जनलाई अपरिचित समूहले रोकेर गोली प्रहार गरेका थिए। भाइ दिलबहादुरको अवस्था भने सामान्य रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.