अर्घाखाँचीमा हरिबोधनी एकादशीको सार्वजनिक बिदा

अर्घाखाँचीमा हरिबोधनी एकादशीको सार्वजनिक बिदा
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीका दुई स्थानीय सरकारले  हरिबोधिनी एकादशीका अवसरमा सार्वजनिक विदा दिएका छन्।

सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाले हिन्दू धर्मावलम्बीको पर्व हरिबोधिनी एकादशीका अवसरमा भोलि मंगलबारका लागि सार्वजनिक विदा दिएका हुन्।

शितगंगा नगरपालिकाले एक सूचना जारी गरी स्थानीय सार्वजनिक विदा दिएको र नगरपालिका अन्तर्गतका कार्यालय,  शिक्षण संस्थाहरु र अत्यावश्यक सेवा बाहेक स्वास्थ्य संस्थाहरु समेत बन्द रहने नगर प्रमुख स्तरीय बैठकबाट निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले बताए।

सन्धिखर्क नगरपालिका अन्तर्गतका कार्यालय, तथा शिक्षण संस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको सन्धिखर्क नगरपालिकाका सूचना अधिकारी शाखा अधिकृत मञ्जु खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.