जेठानीले चिर्पटले हिर्काउँदा देउरानीको मृत्यु
![जेठानीले चिर्पटले हिर्काउँदा देउरानीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
बैतडी : बैतडीमा काठको चिर्पटले हिर्काउँदा एक महिलाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका-२ की ३० वर्षीया दिपा बोहराले काठको चिर्पटले हिर्काएर आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरायसी विवादका कारण दुवैबीच सोमबार राति झगडा भएको र दिपाले सुनिताको टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । दिपाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दिपालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)