भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशी मेला(तस्बिरसहित)

भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशी मेला(तस्बिरसहित)
तस्बिरहरु: जेनिस बाडे।

भक्तपुर : हरिबोधनी एकादशीको अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा मंगलबार विशेष मेला लागेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका-४ मा अवस्थित काठमाडौं उपत्यकाको ४ नारायणमध्ये जेठो नारायण मानिने चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशी मेला लागेको हो। 

मेलामा चाँगु नारायणको दर्शन गर्न आउने भक्तजनहरूको भीड लागेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मन्दिरमा हजारौंको संख्यामा दर्शनार्थीहरु आएका छन्। 

दर्शनार्थीहरुको भीडलाई थाम्न विभिन्न स्कूल, स्काउट , नेपाल प्रहरी, सशत्र प्रहरी , नगर प्रहरी लगायत विभिन्न संस्था र निकाय खटेको थियो। हरिबोधिनी एकादशीको अवसरमा काठमाण्डौ उपत्यका को ४ प्रमुख नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्दछ। एकादशीको अवसरमा चांगुनारायण नगरपालिकाले सार्बजनिक बिदा समेत दिएको छ। 

nullnullnullnullnullnullnullnullnullnullnull nullnullnull 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.