एनपीएलको ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

एनपीएलको ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलले नेपाली क्रिकेटलाई विश्वमाझ थप उजागर गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौंको धरहरा परिसरमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण कार्यक्रममा उनले ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको बताए। ट्रफीले नेपालीको भावना र प्राकृतिक सम्पदासंग जोड्न खोजेको उनले जानकारी दिए।

खड्काले ट्रफीका लागि पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ढुंगा ल्याएर सहयोग पुराएको जानकारी दिए ।
यहि शनिबारबाट सुरु हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलको ट्रफी अनावरण गरेका हुन्। ट्रफी अनावरण कार्यक्रममा लिग खेल्ने ८ वटै टोलीका मार्की खेलाडीको समेत उपस्थित थिए। प्रतियोगीता पुस ६ गते समापन हुने क्यानले जनाएको छ । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.