जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत् जोड्ने तयारीमा छौं : मन्त्री पाण्डे

जनकपुर र अयोध्यालाई हवाई सेवामार्फत् जोड्ने तयारीमा छौं : मन्त्री पाण्डे
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट समेत जोड्नुपर्ने बताएका छन्।

बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषयी अन्तर्राष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।  यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेको भनाइ छ।

मन्त्री पाण्डेले अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले राम तत्वको पुनः जागरणमा योगदान गर्नुपर्नेमा जोड दिए। दुई दिनसम्म चल्ने संगोष्ठिमा भगवान रामका विविध पक्षमा चर्चा गरिनेछ ।

संगोष्ठिमा सामेल हुन आएका विभिन्न देशका प्रतिनिधिलाई मन्त्री पाण्डे नेपालको विविधतापूर्ण संस्कृतिलाई विश्वमा पुर्‍याउनु सहयोग गर्न समेत आग्रह गरे।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.