चितवनको सरकारी वकिल कार्यालयमा रविको बयान सुरु

चितवनको सरकारी वकिल कार्यालयमा रविको बयान सुरु
सुन्नुहोस्

चितवन : चितवनको सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान सुरु भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई बयानका लागि आज बिहान चितवन ल्याइएको हो। 

बुद्ध एयरको पहिलो उडानमार्फत लामिछानेलाई चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा लीमा अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारीमा वचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । 

चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि चितवन ल्याइएको हो । यस सहकारीबाट रु ४२ करोड रकम पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक मिश्रका अनुसार हिनामिना भएको रकममध्ये १० करोड ८० लाख गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।

यस अघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी र काठमाडौंको स्वर्णलक्ष्मि सहकारीका बचत अपचलन गरेको आरोपमा बयान लिइसकिएको छ ।

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरू विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेलसमेत भएको थियो । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा पक्राउ पुर्जी जारी गरिएको थियो । 

साहरा चितवन बहुउद्देश्यीय सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौंबाट लामिछानेलाई सिधैँ चितवन ल्याइएको थियो । तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी रकम हिनामिना गरेको आरोप छ । प्रहरीले उनीमाथि सम्पति शुद्धीकरण तथा संगठित अपराधमा पनि मुद्दा चलाउने तयारी स्वरुप बयान गरिरहेको छ। 

चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिएको बताए। 
 
चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो । 

सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ ।  उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.