नाडा नेपाल र सीसीपीआईटी अटोबीच सम्झौता, यसरी सघाउनेछन् एक अर्कालाई

नाडा नेपाल र सीसीपीआईटी अटोबीच सम्झौता, यसरी सघाउनेछन् एक अर्कालाई
सुन्नुहोस्

काठमाडौं : नाडा र सीसीपीआईटी अटोबीच अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन सम्झौता भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड, अटोमोबाइल सब–काउन्सिलबीच महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि सुरु भएको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीको उपस्थित छन्। सो भ्रमणका सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई देशका व्यापारिक प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा यस्तो सम्झौता भएको हो।

यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाको दाबी छ। समझदारीअनुसार व्यापार मेला, व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुबै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको नाडाले जनाएको छ।

सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुची राख्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्नेछ। यसैगरी सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रम सञ्चालनमा साथ दिनेछ।

यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपाय लिनेछ। दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्। यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम रहेको नाडाको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.