स्तरअनुसारको माग्ने

स्तरअनुसारको माग्ने

आज बिहानै म सुपर्णखाको घर गएँ। हामीलाई चिन्ने सबैलाई थाहा छ, हामी बालशखा हौं। केटाकेटीमा हाम्रा विचार, सोच, बानी आदि धेरै कुरामा लगभग समानता थियो। पछि गएर मात्र हामी ती कुरामा फरक हुन गयौं। नहोस् पनि कसरी ! 

उनी आदर्शवादी, म हुन गएँ यथार्थवादी अर्थात् मेरै शब्दमा भन्ने हो भने म व्यावहारिक।

उनी भन्छन्, ‘धन आवश्यक कुरा हो। खान, लाउन र बिरामी पर्दा अरूको मुख ताक्न नपरे भैगयो नि ! त्योभन्दा बढी के चाहियो ? उनले हाम्रो समाज चिनेकै छैनन्। मैले राम्ररी चिनेको छु। जोसँग यथेष्ट सम्पत्ति छ, समाजमा त्यसैको इज्जत छ। अरूलाई कसले गन्छ र ! उनले भनेजत्तिमा मात्र सन्तुष्ट हुने हो भने त्यस्ताको हाम्रो समाजमा के भाउ हुन्छ ? त्यत्ति कुरा पनि नबुझेका मित्रको के कुरा गर्नु !

शिरोमणि कवि लेखनाथ पौड्यालले धनमहिमा त्यसै लेखेका हैनन्। धनको महत्ता उनलाई राम्ररी थाहा थियो। हामीमा पछि गएर भएको भिन्नता हामीलाई टाढाबाट चिन्नेहरूले थाहा पाएका छैनन्। उनी आफैंले चिया ल्याएर टेबलमा राखेपछि हाम्रो संवाद सुरु भयो। मैले भनेँ, ‘हेर यसपालिको मेरो विदेश भ्रमण अत्यन्त सफल रह्यो। क्या स्वागत सत्कार पाएँ। क्या अपनत्व भेटेँ।’

उनले झट्ट जवाफ फर्काइहाले, ‘फुइँ नगर। भ्रममा नपर। त्यो सत्कार, त्यो अपनत्व तिमीलाई दर्शाएको हैन। यो देशप्रति दर्शाएको हो। सदियौंदेखिको हाम्रो प्रगाढ सम्बन्धको कारण भएको हो। यहाँबाट तिम्रो स्तरको जो गए पनि त्यस्तै सत्कार, त्यस्तै अपनत्व पाइन्छ। त्यस कुरामा उनीहरू कञ्जुस छैनन्। बरू दिल खोलेर स्वागत, सत्कार र अपनत्व दर्शाउँछन्। यो उनीहरूको संस्कार हो, सदाशयता हो।’

म के भनौं ? मैले विषयान्तर गर्दै भनेँ, ‘ल भैगो। यो कुरा छोड। यसपाला धेरै ठूलो उपलब्धि भयो। कसैले गर्न नसकेको उपलब्धि मेरै भ्रमणले प्राप्त ग¥यो।’ उनले भने, ‘उपलब्धिको कुरा पछि गरुँला। दुइटा विवाहको जन्ती जस्तो लावालस्करको भेल अति भएन र ? आवश्यकताभन्दा बढी हुल लगेर तिमीले राष्ट्रको थैलीको दोहन ग¥यौ। त्यो मलाई चित्त बुझेन। मलाई मात्र हैन, कसैलाई पनि चित्त बुझेको छैन।’

मैले आफ्नो बाध्यता बताउनै प¥यो, ‘मेरो सीमा पनि बुझिदेउन। मेरो चाहनाले लिएर गएको हो र ! 

फन्दामा परेर पो त।’

उनले थपे, ‘यति ठूलो मान्छे फन्दामा पर्न सक्छ, फन्दालाई पन्छाउन सक्दैन भने त्यो पदमा किन खोटो दलेर बस्छौं ? तिम्रो स्वाभिमान छैन ? कि स्वाभिमानलाई पोलेर खाइसक्यौ ?’ मलाई रिस नउठेको हैन उनको कुरा सुनेर। उपलब्धिका कुरा सुनाउनु थियो, त्यसैले आफ्नो रिसलाई दबाउँदै भनेँ, ‘मेरो भ्रमणको उपलब्धिका कुरा सुनन्। म त त्यही सुनाउन आएको तिमीलाई।’

उनले मुख खोले, ‘उपलब्धिको कुरा के सुन्नु ? तिमी र तिम्रा सहयोगी गुट जति नै माथि उड्न, मनमा गढेको तिमीहरूका हैसियत त थाहा भैगयो नि। भङेरो जतिसुकै माथि उडेको डिंग हाँके पनि उसको मस्तिष्कमा त त्यही खटप्वालको बास न कुँदिएको हुन्छ। बाजको जस्तो शिखरमा गुँड त हुँदैन नि। छुद्र स्वार्थ सिद्ध गर्न आआफ्ना क्षेत्रमा कतै जाबो सिटी हल त कतै जाबो खेलकुद मैदान बनाउन मागेर तिमीहरू दंग प¥यौ। तिम्रा हैसियत बुझेर मित्रहरू पनि छक्क परे होलान्।’

मैले अलि कड्िकएरै भनेँ, ‘मैले कनेक्टिभिटीका कुराहरूमा रेलमार्ग, स्थलमार्ग मात्र हैन, विद्युत् विकास लगायत थुप्रै कुराको विकास निम्ति सहयोगको कुरा गरेको छु। हाम्रो देश विकासका बहुआयामिक पक्षका बारेमा कुरा गरेको छु र मित्रहरू यी सब कुरामा हामीलाई सहयोग गर्न तत्पर छन्। यो कम उपलब्धिको कुरा हो ? ’

उनी कडकए, ‘जावो सिटीहल र खेलकुद मैदान बनाउने कुराले मख्ख पर्ने तिमीले त्यत्रा देश विकासका कुरा अघि सा¥यौ होला भन्ने म त पत्याउँदिनँ। हो, तिमीले नेपालमा उद्योग खोल्ने, रोजगारी बढाउने, निर्यात बढाउने खालका कुरामा पनि सहयोगको कुरा गरेको भए तिमीले देश विकासका विभिन्न आयामका विषयमा कुरा ग¥यौं होला भनेर म पत्याउँथे। मलाई लाग्छ तिम्रो हैसियत बुझेर ती मित्रहरूले नै कनेक्टिभिटी, विद्युत् विकास आदिमा सहयोग गर्छौं भने होलान्। तिमी त सिटीहल र खेलकुद मैदान बनाउने कुरामै सीमित भयौ होला।’

म उनलाई प्रष्ट्याउन खोज्दै थिएँ। उनले ‘भै गो, पुग्यो।

अब पूरै अघाएँ’ भन्दै बाटो तताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.