देश र जनतालाई केन्द्रमा राखेर कामलाई अघि बढाऔं : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा देउवाले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरो कामहरूलाई अघि बढाउनुपर्ने बताएका हुन्।
सभापति देउवाले स्वर्गीय पिएल सिंहले जनताको सेवाका लागि गरेका कामहरुको स्मरण गरे पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै देउवाले उनको निधनले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे।
त्यस्तै अन्य कांग्रेस नेताहरुले पिएल सिंहको योगदानको स्मरण गरेका थिए समयदेखि आन्द्राको समस्याबाट पीडित ८५ वर्षीय सिंहको पुष १ गते निधन भएको थियो।