फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
सुन्नुहोस्

फिदिम : ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले फिदिममा सम्पन्न ११ औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ। फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा अर्को ए डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबलाई टाईब्रेकरमा ५–४ गोलले पराजित गर्दै चर्च ब्वाइजले उपाधि कब्जा गरेको हो। 

उपाधि जितेसँगै उसले १० लाख नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेतामा सिमिति बनेको मच्छिन्द्रले ५ लाख नगद पुरस्कारमा चित्त बुझायो। निर्धारित समयमा दुवै टिमले समान २ गोल गरेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो। टाईब्रेकरमा चर्च ब्वाइजको ५ गोलका लागि सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुढाथोकी र फाकुन्ले अबियोमीले गोल गरे। मच्छिन्द्रका विदेशी दयानन्द एलङबमको प्रहारलाई चर्च ब्वाइजका गोल रक्षक कृष्ण मोक्तानले विफल बनाएपछि मच्छिन्द्र उपविजेतामा सीमित बन्यो। उसको ४ गोलका लागि सौरब सुब्बा, शनिस श्रेष्ठ, समिराज थोकर र देभेन्द्र तामाङले गोल गरे। 

खेल सुरु भएको ४५ मिनेटमा चर्च ब्वाइजका अर्माण्ड बेड्युले आत्मघाती गोल गर्दा मच्छिन्द्रले सुरुवाती अग्रता लिएको थियो। तर, मच्छिन्द्रको यो अग्रता धेरै समय टिक्न सकेन। ७८ औं मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले जवाफी गोल गरेर खेललाई बराबरीमा ल्याए। निकै प्रतिस्पर्धात्मक खेलको ८८ औँ मिनेमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गरेर अग्रता कायम गरेका थिए। तर, यो अग्रता पनि मच्छिन्द्रले धेरैबेर टिकाउन सकेन। खेलको अतिरिक्त समयमा चर्च ब्वाइजका समिर तामाङले गोल फर्काएर खेललाई बराबरीमा रोकेका थिए। 

प्रतियोगितामा ५ गोल गरेरका चर्च ब्वाइजका समिर तामाङ सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताका रूपमा पुरस्कृत बने। उनले एक थान ईभी स्कुटर र १५ हजार नगद पुरस्कार प्राप्त गरे। त्यस्तै  विधातर्फ उत्कृष्ट ठहरिएका चर्च ब्वाइजका गोल रक्षक कृशल मोक्तान, प्रशिक्षक सुमन श्रेष्ठ र डिफेन्डर दिपेश गुरुङ पुरस्कृत बने। उनीहरूले समान १० हजार नगद पुरस्कार प्राप्त गरे।

फाइनल खेलको म्यान आफ दी म्याच मच्छिन्द्रका सनिश श्रेष्ठ घोषित भए। मच्छिन्द्रका बिजु भुजेल उत्कृष्ट फरवार्ड र देभेन्द्र तामाङ उत्कृष्ट डिफेन्डरका रूपमा पुरस्कृत बने। उनीहरूले समान १० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताको उदयमान खेलाडीको रुपमा आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिश क्षेत्री पुरस्कृत बने। उनले १० हजार नगद पुरस्कार प्राप्त गरे। विजेतालाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले पुरस्कार प्रदान गरे। प्रतियोगितामा जम्मा १० टिम सहभागी भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.