अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय छ : एमाले

अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय छ : एमाले
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको जनाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको उल्लेख छ।

‘सत्ता समीकरण फेरबदलको पूर्व सन्धामा बसेको केन्द्रीय कमिटीको सातौं बैठकपछि फेरी नयाँ सत्ता समीकरण फेरियो। स्थिरताको लागि भएको यस राजनीतिक घटनापछि स्थानीय तहका केही स्थानमा उपनिर्वाचन समेत सम्पन्न भयो।’ प्रतिवेदनको संक्षिपमा भनिएको छ, ‘दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधाकिारिकता (लिगालिटी / अथोरिटी) दुवै हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय छ।’ null

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाको जानकारी र विगतको निर्णयहरु जानकारी गराउनुका साथै अनुमोदन गराउने कार्यसूची रहेको केन्द्रीय सदस्य गीता कार्कीले जानकारी दिइन्। उनका अनुसार आज नै प्रतिवेदनमाथि छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.