कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गर्दै सभापति देउवा

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गर्दै सभापति देउवा
फाइल तस्बिर ।

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलमा बोलाएका छन्। बिहीबार बिहान ८ बजे आफ्नै निवास बूढानीलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीसँग छलफल गर्न लागेका हुन्।

सभापतिले मन्त्रीहरूलाई प्रगति विवरणसहित उपस्थित हुन निर्देशन दिएको देउवानिकट एक नेताले जानकारी दिए। सरकारमा सहभागी भएका केही मन्त्रीहरूको कार्यक्षमतालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको छ। बैठकमा यसबारे पनि छलफल हुनेछ।

सरकारमा सहभागी केही मन्त्रीको पफमेन्स राम्रो नभएको र बेला-बेलामा विवादमा आएर आलोचना भइरहेको भन्दै देउवाले निर्देशन दिनका लागि पनि बैठक आवश्यक परेको स्रोतको भनाई छ।

यसैगरी सरकारका कामका विषयलाई लिएर कांग्रेसकै नेताहरूले विरोध गरिरहेकाले पार्टीभित्र कसरी स्पष्ट पार्ने भन्नेबारेपनि छलफल हुनेछ। कांग्रेसले आउँदो संसद अधिवेशन प्रभावकारी बनाउनका लागि पनि छलफल गर्दैछ। मन्त्रिपरिषद् बैठकले कतिपय विधेयक संसद्‍मा पेश गर्ने निर्णय गरिसकेको छ भने, संसदीय समितिबाट पनि पारित गरेर सदनमा विधेयक पेश गर्ने गरी छलफल अघि बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.