स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

रवि लामिछानेविरुद्ध मुद्दामा थुनछेक बहस जारी

रवि लामिछानेविरुद्ध मुद्दामा थुनछेक बहस जारी
तस्बिर : अन्नपूर्ण

काठमाडौं : कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी छ। अहिले लामिछानेतर्फका कानुन व्यवसायीहरुको बहस सकिएको छ। लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरिका छन्। बहसका क्रममा उनीहरूले सहकारी ठगी प्रकरणमा लामिछाने निर्दोष रहेको र उनलाई तारेखमा छोडेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन्। 

थुनछेक बहसका लागि न्यायिक हिरासतमा रहेका लामिछानेलाई बुधबार बिहान प्रहरीले अदालत उपस्थित गराएको थियो। आइतबार बयान सकिए पनि थुनछेक नभएपछि उनलाई न्यायिक हिरासतमा पठाएको थियो।

सोमबारदेखि उनीमाथि थुनछेक बहस सुरू भएको हो। मंगलबार सार्वजनिक बिदा परेकाले अदालत खुलेन। जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासमा उनीविरुद्धको मुद्दामा थुनछेक जारी छ। सोमबार सरकारी वकिलको बहस सकिए पनि लामिछानेतर्फका वकिलको बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा पठाएको थियो। आज पुन: थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ। 

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध  मुद्दा दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई ‍प्रतिवादी कायम गरिएको छ। 

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.