सीओ ग्यासको विषाक्तता
२०७६ माघ ७ गते मकवानपुर दामनस्थित रिसोर्टमा कोठा न्यानो बनाउन हिटर बालेका ८ जना भारतीय पर्यटकको एकै पटक मृत्यु भयो। त्यस्तै २०७७ फागुन २६ मा बैतडी शिवनाथ—३ पुडिलका ३५ वर्षीय राजसिंह साउद हिटर बालेर सुतेका भोलिपल्ट उठेनन्। यी दुई जाडो समयमा भएका दु: खद् घटनाका दृष्टान्त हुन्।
जाडोमा बिजुली, कोइला, दाउरा तथा ग्यासको उपयोग गर्दा निस्कने ग्यास जुन देख्न, सँुध्न र महसुस गर्न सकिँदैन। त्यो कार्बन मोनोअक्साइड हो। जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा भनिन्छ। बिना कुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ। सीओ ग्यास सामान्यत: सही रूपले बल्न नसकेको स्टोभ, हिटिङ सिस्टम, जेनेरेटर, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँमा पाइन्छ। ग्यास गिजरमा पानी ताती रह“दा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ। बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए गिजर प्रयोग हुँदा ग्यास भुइँमा बस्छ र अक्सिजन कम भएर सीओ ग्यासको निर्माण हुन्छ तब निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ।
सीओ श्वासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ। शरीरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउ“छ र शरीरलाई हानिनोक्सानी मात्र पुर्याउने मात्र होइन मृत्युसमेत गराउँछ। सीओको सामान्य सम्पर्कमा आउँदा सुरुमा हल्का टाउको दुख्छ। निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिंगटा, थकान, वाकवाकी, चिटचिट हुने गर्छ। निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन्छ। स्नायु तन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ। कहिलेकाहीँ बिना कुनै लक्षण त प्राय: लक्षणपछि बेहोसी हुन्छन्।
ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिङ ट्याब्लेट खाएझै लठ्ठ पर्छन् र अन्तत: तिनको मृत्यु हुन्छ। नेपाल प्रहरीको तथ्यांकमा न्यानो ताप्ने सुरमा हरेक वर्षको जाडोमा कम्तीमा दर्जनौंको मृत्यु हुने गर्दछ। तथ्यांकमा नआएका धेरै हुन सक्ने देखिन्छ। विगतमा पनि यस्तै अनगिन्ती घटनाहरू घट्दै आएका हुन तथापि सरकारबाट जनचेतनाका काम भए पनि जनता लापरवाह रहिरहनु र संख्यामा कमी नआउनु चिन्ताको विषय हो।
चिसोजन्य समस्या
चिसोले झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने बनाउँछ। त्यस्तै रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुक्खा हुने, फुस्रो हुने र फुट्ने देखिन्छ। चिसोको एलर्जी हुने, अपच, पखाला, आउ“जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै पाइन्छ। चिसोले स्वास्थ्य समस्याहरू निम्त्याएकाले अस्पतालहरूमा बिरामीको भीड छ। मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पारेको छ। मौसम भोजभतेरको पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्राइटिस, झाडाबान्ता, पखाला ह¬ने र जन्डिस, टाइफाइड पनि प्रशस्त पाइएको छ। जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्राय: सबै दीर्घकालीन रोगहरू बढी गम्भीर बन्छन्।
एकाबिहानै मर्निङ वाकमा हिँड्दा प्रदूषण तथा चिसोजन्य स्वास्थ्य समस्याबाट पीडित भइन्छ। जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो विकल्प ठानी मातेर राति ढलेकाहरू भोलिपल्ट बिहान नउठ्न पनि सक्छन्। धूमपानले पार्ने असर त झनै अनगिन्ती छन्।
जाडो बढेसँगै जताततै आगो तापिरहेको देखिन्छ। आगो ताप्न के टायर, प्लास्टिकस के सडक किनारमा थुपारिएका फोहोर सबै बालेर आगो तापेको देखिन्छ। जस्ले तत्काल त न्यानो हुन्छ तर उत्पन्न धुवाँले स्वास्थ्यमा तत्कालै तथा वातावरणमा दीर्घकालीन नकारात्मक असर गर्छ। उपत्यकाको हावामा एक दिन पहिले भएको प्रदूषणमा जाडो बढेर आगो ताप्नासाथ २ गुणा बढ्छ। कचौरा आकारको काठमाडौंबाट धुवाँ हत्तपत्त बाहिर जान पाउँदैन, त्यसैमा प्लास्टिक, टायर बाल्दा कार्बन मोनो डाई अक्साइड, प्युरेन, डाई अक्सनले क्यान्सरसम्म गराउँछन्।
वायु प्रदूषणले तत्काल सामान्य टाउको दुख्ने, आँखा, नाक, कान घाँटी र श्वासप्रश्वासमा असर र दीर्घकालमा मुटु, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दम र प्रजनन क्षमतामा ह्रास गराउँछ। ग्यास गिजरमा पानी तातिरहँदा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ। बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ। जाडोमा तातोको सहारा लिन प्रयोग गरिने आगो ताप्न हिटर, तातो बनाउन गिजरबाट पोलिने तथा झ्यालढोका बन्द गरी मकल बाल्दा हुने क्षति पनि कम छैन। सीओ ग्यास सामान्यत: सहीरूपले बल्न नसकेको स्टोभ, हिट· सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँमा पाइन्छ। ग्यास गिजरमा पानी तातिरह“दा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ। विषाक्तता माटोको घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी ह¬न्छ। सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुका पुराना रोगी, साससम्बन्धी बिरामी, रगतको कमी भएका, गर्भावस्था, गर्भका शिशु र वृद्धा पर्दछन्।
कार्बन मोनोअक्साइड रंगहीन, गन्धहीन त्यस्तो विषालु ग्यास हो जसलाई नदेख्न सकिन्छ न त चाख्न वा सुँघ्न र महसुस गर्न सकिन्छ। श्वासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ र शरीरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउ“छ। यो प्रक्रियाले शरीरलाई हानिनोक्सानी मात्र पुर्याउँदैन मृत्युसमेत हुन सक्छ। सीओको सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलिअलि टाउको दुख्छ। निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाइ, रिंगटा, थकान, वाकवाकी, छाला रातो, चिटचिट हुने, निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन्छ। स्नायु तन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ। प्रारम्भिक लक्षणहरूमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहीँ बिना कुनै लक्षण पनि बेहोस हुन सक्छन्।
शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ। रगतमा सीओको मात्रा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ।
रोकथाम
दाउरा, गुइँठा र ब्रिकेट बाल्दा झ्याल वा भेन्टिलेटर खुला राख्नपर्छ। धुवाँलाई बाहिर जान दिने, दम, सीओपीडिका रोगी धुवाँ नजिक बस्नु हुँदैन। आगो, हिटर, मकल आदि स¬त्ने समयमा निभाउने, बाल्दा त्यसको नजिकै पानी राख्ने र बालबालिकाको पहुँचभन्दा टाढा राख्नपर्छ। बन्द कोठामा जेनेरेटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउनु हुँदैन।
कोठा तताउँदा, न्यानो पार्दा झ्याल ढोका खुला राख्ने वा कोठामा हावाको ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ। बाथरुममा ग्यास गिजर उपयोग गर्दा भेन्टिलेसन खुलै राख्नुपर्छ। ग्यास गिजर बाथरुम बाहिर राख्नुपर्छ। तातोपानी पहिले नै थापेर बाथरुमको ढोका बन्द गर्नुपर्छ। कोठा र शरीर तातो बनाउँदै गर्दा टाउको दुख्ने तथा उल्टी होला जस्तो हुनासाथ मकल, हिटर वा गिजरजस्ता उपकरण बन्द गरी झ्यालढोका खोल्नुपर्छ, ताजा हावामा निस्केर सास फेर्नुपर्छ। सीओ विषाक्तताका लक्षण वा बेहोसी देखिए तुरुन्त स्वास्थ्य संस्थामा लग्न वा जानुपर्छ।
डा. बुढाथोकी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।