बिदाइ भाषण गर्दै बाइडेनले भने : धनीहरूको प्रभुत्व बढ्दै गएको छ, यो अमेरिका र लोकतन्त्रको लागि खतरा हो

बिदाइ भाषण गर्दै बाइडेनले भने : धनीहरूको प्रभुत्व बढ्दै गएको छ, यो अमेरिका र लोकतन्त्रको लागि खतरा हो
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति ओभल अफिसमा आफ्नो बिदाइ भाषण दिएका छन्। बाइडेनले आफ्नो अन्तिम भाषणमा देशमा धनी(केही व्यक्ति)को प्रभुत्व बढ्दै गएको छ र यसले देश र लोकतन्त्रलाई खतरामा पारिरहेको बताए।

उनले अमेरिकामा प्रविधि-औद्योगिक जटिलताको वृद्धिप्रति चिन्ता व्यक्त गरे। बाइडेनले यसलाई अमेरिकी नागरिकको अधिकारको लागि खतरा भएको उल्लेख गरे। 

आफ्नो कार्यकालको बारेमा कुरा गर्दै उनले भने, 'हामीले जे गरेका छौं त्यसको प्रभाव देखिन समय लाग्नेछ, तर बीउ रोपिएको छ। ती आउने दशकौंसम्म बढ्नेछन् र फुल्नेछन्।'

बाइडेनले बुधबार बिहान एउटा पत्र पनि जारी गरेका थिए। त्यसमा उनले आफूले गरेका केही वाचाहरु पूरा नभएको स्वीकार गरेका छन्।

बाइडेनको यो भाषण ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा पाँच दिन अगाडि आएको हो। ओभल अफिसमा आफ्नो अन्तिम भाषणमा उनले आफ्नो ५० वर्षको राजनीतिक जीवनको बारेमा पनि चर्चा गरेका छन्। उनले ट्रम्पलाई संकेत गर्दै एक हडबडाउने बच्चा राष्ट्रपति बनेको पनि उल्लेख गरे। यस्तो अमेरिकामा मात्र हुन सक्ने उनले बताए।

उनले यसअघि नै विदेश नीतिको बारेमा भाषण दिइसकेका छन्।

बाइडेनले सोमबार राजधानी वासिङ्टनमा विदेश नीतिको सम्बन्धमा आफ्नो अन्तिम भाषण दिएका थिए। यसमा उनले चीनले कहिल्यै अमेरिकालाई उछिन्न नसक्ने दाबी गरेका थिए। यसका साथै उनले अफगानिस्तानमा युद्ध अन्त्य गर्ने निर्णयलाई जायज ठहराएका थिए।

बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने सबैभन्दा पाको उमेरका व्यक्ति बनेका छन्। राष्ट्रपतिको रूपमा शपथ लिँदा उनको उमेर ७८ वर्ष २२० दिन थियो। 

ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्दा उनको उमेर ७८ वर्ष ६१ दिन हुनेछ। अमेरिकी संविधान अनुसार ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्न सक्दैनन्। यस्तो अवस्थामा बाइडेनको यो रेकर्ड केही वर्षसम्म अक्षुण्ण रहनेछ।

अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध रोकियो

बाइडेनको कार्यकालमा अगस्ट २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको थियो। अमेरिकी सेना २० वर्षदेखि अफगानिस्तानमा थिए। यसलाई अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध भनिन्छ। अमेरिकी सेना फिर्ता भएपछि तालिबानले अफगानिस्तान पुनः कब्जा गर्यो।

युक्रेनलाई रुससँग लड्न मद्दत गर्‍यो

बाइडेनले रुस विरुद्धको युद्धमा युक्रेनलाई सहयोग गरे। अमेरिकाले युक्रेनलाई तोपखाना, रकेट प्रणाली, ड्रोन, ट्याङ्क र हवाई रक्षा प्रणाली प्रदान गर्‍यो। यसबाहेक, लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न पनि अनुमति दिइएको थियो। युक्रेनी सैनिकहरूलाई तालिम दिन अमेरिकी रक्षा विज्ञहरू पनि पठाइएको थियो।

बाइडेनले युक्रेनलाई अर्बौं डलरको आर्थिक सहायता मात्र प्रदान गरेनन् उनकै कारणले युक्रेनले अन्तर्राष्ट्रिय समर्थन पनि प्राप्त गरेको थियो। यसबाहेक  अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध पनि लगाएको थियो। जसले रुसको आर्थिक अवस्थामा ठूलो असर पारेको छ।

गाजामा हजारौंको मृत्युपछि पनि इजरायललाई समर्थन

गाजा युद्ध सुरु भएको एक वर्षमा अमेरिकाले इजरायललाई १८ अर्ब डलरको सैन्य सहायता दियो। यसको सहयोगमा इजरायलले इरान, हमास, हिजबुल्लाह र हुथी विद्रोहीहरू विरुद्ध लड्यो।

गाजामा ४५,००० भन्दा बढी मानिस मारिएपछि पनि अमेरिकाले इजरायललाई समर्थन गरिरह्यो, जसका कारण युद्ध अन्त्य गर्न इजरायली सेनामाथि अन्तर्राष्ट्रिय दबाब अपर्याप्त साबित भयो।

चीनविरुद्ध एकजुट इन्डो-प्यासिफिक देश 

चीनको सामना गर्न बाइडेनले इन्डो-प्यासिफिक देशहरूसँगको सम्बन्धलाई उनको कार्यकालमा बलियो बनाए । ४ वर्षको अन्तरालमा उनले आँकस, क्वाड र आइपीइएफ जस्ता अमेरिकी संगठनलाई सजीव बनएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.