भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना

भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पताल भर्ना
सुन्नुहोस्

नयाँ दिल्ली : बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ। प्रहरीका अनुसार बुधबार राति एक अज्ञात समूह सैफ अली खानको घरमा पसेको थियो। त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। ती व्यक्तिले चक्कु प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका थिए।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लेख छ।

समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उदृध गर्दै भनेको छ- एक व्यक्ति सैफअली खानको घरमा पसेर पहिले उनको घरेलु कामदारसँग झगडा गरेको र त्यसमा सैफले हस्तक्षेप गर्न खोजेपछि सैफमाथि नै आक्रमण भएको हो।

अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बिहान करिब २.३० बजे सैफ अली खान र उनकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो। त्यो समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए। चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उल्लेख गरेको छ।

उक्त रिपोर्टमा घटनाको बारेमा एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, 'सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ।' सैफलाई राती ३:३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो। 

उनको शरीरमा छ ठाउँमा चोट लागेको छ। जसमध्ये दुई ठाउँमा गहिरो घाउ लागेको छ उपचाररत चितिक्तसले जनाएका छन्। एउटा घाउ मेरुदण्ड नजिकै छ। उनको शल्यक्रिया भइरहेको छ। शल्यक्रिया पछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिने जनाइएको छ। ​​​​​​​सैफको घाँटीमा पनि चोट लागेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.